बुधबार, असार ३१, २०८३

नेपालले गुमायो लगातार चार विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालले तीन विकेट गुमाएको छ। नेदरल्यान्डविरुद्धको एक दिवसिय खेलमा १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चार विकेट गुमाएको छ। 

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख र अनिल शाहले विकेट गुमाएका हुन्। 

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गरेका छन्। उनले ५६ बल खेल्दै ८ चौकाको मद्दतमा अर्धसतक पुरा गरेका हुन्। 

नेपालका  ओपनर ब्याट्सम्यान अनिल साहलार्इ आउट गरेर नेदरल्यान्डले एक विकेट लिन सफल भएको छ।  अनिललाई नेदरल्यान्डका बलर फ्रिद क्लासेनले आउट गरेका हुन्। 

ओपनर अनिलले उपकप्तान ज्ञानेन्द्र मल्लसँग ५८ रनको साझेदारी गरे। उनले ३२ बल खेल्दै तीन चौकाको मद्दतमा २१ रन जोडेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।