आइतबार, साउन ३१, २०८३

चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला पुगेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला पुगेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देश दौडाहामा रहेका ओली आज बिहान त्यहाँ पुगेका हुन्।

ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट ओलीसहितको टोली सिमकोट पुगेको हो। विमानस्थलमा केही समय विश्रामपछि उनको टोली हेलिकप्टरमै लिमीतर्फ लागेको बताइएको छ।

ओलीले नेपाली भूमिबाटै कैलाश मानसरोवरको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यतबाट फर्केपछि सिमकोट र अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Apr 17, 2022| 11:05 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...