काठमाडौं- राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। शनिबार राति भरतपुर महानगरपालिका-५ स्थित खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको आरोप लगाउँदै दोषिलाई कानुनी दायरमा ल्याउन माग गरेका छन्।