आइतबार, साउन ३१, २०८३

इटहरीको मेयरमा एमालेबाट सात जनाको नाम सिफारिस

इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले सात जनाको नाम सिफारिस गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले सात जनाको नाम सिफारिस गरेको छ। मेयरका लागि अहिलेका बाहालवाला मेयर, उपमेयर, उपमहानगर कमिटीका अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व अध्यक्ष, जिल्ला कमिटी सदस्य र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई सिफारिस गरिएको हो।

एमाले उपमहानगर कमिटी सचिवालय बैठकले अहिलेका मेयर द्वारिकलाल चौधरीसहित सात जनाको नाम सिफारिस गरेको हो। जसमा उपमेयर लक्ष्मी गौतमलाई पनि मेयरकै लागि सिफारिस गरिएको छ। मेयरका लागि केन्द्रीय सदस्य तैयव हुसेनको नाम सिफारिस गरिएको छ।

उपमहानगर कमिटीको सचिवालय बैठकले महानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस गरिएको छ।  

उपमेयरमा नौ जनाको नाम सिफारिस गरिएको छ। उपमहानगर कमिटी सचिवालय बैठकले सिफारिस गरेकामा अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस भएको छ।

प्रकाशित: Apr 17, 2022| 09:10 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...