आइतबार, साउन ३१, २०८३

एमाले अध्यक्ष ओली आज हुम्ला जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन्। उनी हुम्लाका दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

सिमकोट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन्। उनी हुम्लाका दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए।

बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन्।

प्रकाशित: Apr 17, 2022| 06:38 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...