काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्न सत्तारुढ नेपाली कांग्रेस र जनता समाजवादी दलबीच सहमति भएको छ।
शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपसमा प्रतिस्पर्धाको निर्णय भएको जानकारी दिएका छन्।
दुबै दलले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, '... दुबै दलले स्थानीय नेता, कार्यकर्ता र मतदाताको मनोभावनाको कदर गर्दै १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्न सहमत भएका छौं।'
अलग अलग चुनावमा जाने यो सहमतिपत्रमा कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह नेपाली र जनता समाजवादी पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।