आइतबार, साउन ३१, २०८३

राजावादीसँगको तालमेलले ओलीको असली रुप देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्। 

माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली राजावादीसँग मिलेको आरोप लगाउँदै आलोचना गरेका हुन्। 

अध्यक्ष प्रचण्डले भने, ‘ओलीको असली रूप देखिहाल्नुभयो, राजावादीसँग मिलिसके। इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन्।’

एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्ने सहमति चैत ३० गरेको छ। तर कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको र हिन्दु राज्य स्थापनाका लागि आफूले पहल गर्ने बताइसकेका छन्। 

अबको चुनावमा ओलीको हालत खराब हुने दाबी गर्दै प्रचण्डले महानगर र उपमहानगरमा आफ्नो पार्टीलाई फाइदा हुने गरी आइतबार सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने बताएका छन्। 

‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस्, हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ’, उनले भने, ‘अरु तलतलका पालिकामा सबैलाई फाइदा हुन्छ। त्यसमा तपाइँहरु ढुक्क हुनुहोस्।’ 

स्थानीय तहको निर्वाचनमा मात्र नभएर यसपछि हुने प्रदेश र संघीय चुनावमा पनि सत्ता गठबन्धन मिलेर जाने प्रचण्डको दाबी छ। 

प्रकाशित: Apr 16, 2022| 18:23 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...