बिहीबार, चैत १२, २०८२

नेपाललाई १९० रनको चुनौती, पारसको चार विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल र नेदरल्यान्डबीचको जारी एक दिवसीय क्रिकेटको पहिलो इनिङ सकिँदा नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ। 

नेदरल्यान्डले निर्धारित ५० ओभरको खेलमा ४७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो। नेपालका लागि कप्तान पारस खड्काले सानदार चार विकेट लिए। उनले १० ओभरमा मात्र २६ रन खर्चेर चार विकेट लिएका हुन्। उनको चार विकेटको मद्दतले नेपालले नेदरल्यान्डलाई सस्तैमा समेट्न सफल भयो। 

त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा सन्दिप लामिछाने, करन केसी र बसन्त रेग्मीले समान एक-एक विकेट लिए। सोमपालले ४ ओभरमा ३४ रन खर्चे। १० ओभर बलिङ गरेका सन्दिपले ४२ रन खर्चंदै एक विकेट लिदा, वसन्त रेग्मीले ८ ओभरमा २८ रन खर्चंदै एक विकेट लिए। 

त्यस्तै ७ ओभर गरेका करन केसीले ३८ रन खर्चदै एक विकेट लिएका थिए। शक्ति गौचनले चार ओभर गर्दै १५ रन खर्चे।

नेदरल्यान्डका माइकल रिप्पोनले अर्धशतकीय पारी खेले। उनले ७६ बल खेल्दै दुई चौकाको मद्दतमा ५१ बनाए। त्यस्तै बास द लिडेले ३० रन जोड्दा स्टेफन माइबर्गले २९, बेन कुपरले २०, कप्तान स्कट एडवार्डले १८, वेस्ले बारेसीले १२ र फ्रिद क्लासेनले ११ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।