आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुरको मेयर माओवादीलाई दिन लागेको भन्दै कांग्रेसका ५० जनाद्वारा सामूहिक राजीनामा

भरतपुरको मेयर माओवादीलाई दिन लागेको भन्दै कांग्रेसका ५० जनाद्वारा सामूहिक राजीनामा

सत्तारुढ नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सत्ता साझेदार माओवादी केन्द्रलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताहरुले सामूहिक राजीनामा गरेका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सत्ता साझेदार माओवादी केन्द्रलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताहरुले सामूहिक राजीनामा गरेका छन्।  

भरतपुरको मेयर माओवादीलाई दिन लागिएको विरोधमा शनिबार कांग्रेस ५० कार्यकर्ताले पार्टी सदस्यबाट सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

शनिबार भरतपुर-१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्। 

उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए। गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए। सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्। 

देशभरका महानगर र उपमहानगरको उम्मेदवारको विषयलाई टुंगो लगाउन भन्दै कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। 

प्रकाशित: Apr 16, 2022| 17:23 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...