आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्धारित मितिमै चुनाव हुने भन्दै प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचनसँग कोही डराउन हुन्न

निर्धारित मितिमै चुनाव हुने भन्दै प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचनसँग कोही डराउन हुन्न

जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन-२०७९ 'मिडिया अभिमुखीकरण' कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

जनकपुर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन्। 

जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन-२०७९ 'मिडिया अभिमुखीकरण' कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए। 

निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरीत हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे। 

निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन आग्रह गर्दै यसको उल्लंघन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए।

प्रकाशित: Apr 16, 2022| 14:07 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...