आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रमुख दलको प्रतिबद्धता

स्थानीय निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रमुख दलको प्रतिबद्धता

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शनिबार आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस कदम चालिने विश्वास दिलाएका हुन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताहरूले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शनिबार आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस कदम चालिने विश्वास दिलाएका हुन्।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनका लागि लागू भएको आचारसंहितामाथि आफ्नो दलको ६ बुँदे फरक मत रहे पनि यसको कार्यान्वयनमा पार्टी प्रतिबद्ध भएको स्पष्ट पारे। उनले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने सवालमा एमाले सशस्त्र द्वन्द्वकै समयदेखि नै सारथी रहँदै आएको बताए।

कुनै मुलुकको भविष्य उज्यालो बनाउन राज्यको ध्यान बालबालिकाका क्षेत्रमा पुग्नुपर्नेमा दुई मत नरहेको र उपलब्ध साधन तथा स्रोतलाई स्थानीय तहसम्म विकेन्द्रीकरणको प्रक्रिया एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएदेखि नै आरम्भ भएको जनाए।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरूले संविधान निर्माणका क्रममा पर्याप्त छलफल र चासो राखेर बालबालिकाका धेरै सवाललाई सम्बोधन गर्दै आएको उल्लेख गर्दै निर्मित नीति र कानून कार्यान्वयनका लागि कांग्रेस पार्टी प्रतिबद्ध भएको उल्लेख गरे। पढे-लेखेकै घर परिवारमै बालअधिकारको पालना नभएको बताउँदै गर्दै उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना र दुरुपयोग रोक्न पार्टीले संयन्त्र बनाएको जानकारी दिए।

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै शिक्षा र बालबालिकाका क्षेत्रमा सुन्दर नारा तय गरेर मात्रै नपुग्ने र व्यावहारिकता पनि हेरिनुपर्नेमा जोड दिए। जनप्रतिनिधिबाट संविधान निर्माण भएकाले संविधान बालमैत्री बन्न सफल भएको जनाउँदै उनले सशस्त्र द्वन्द्वरत पक्षहरूको समेत शान्ति सम्झौताकै कारण संविधान सभाबाट संविधान जारी भएको स्मरण गराए।

प्रकाशित: Apr 16, 2022| 13:29 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...