धनगढी- धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले पाँच वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ११, १५, १६ र १७ नम्बर वडामा सर्वसम्मत रूपले वडाध्यक्ष टुंग्याएको धनगढी नगर सचिव प्रेम महराले बताए।
वडा नम्बर २ मा विष्णु पुरी, ११ मा रूप बहादुर कुँवर, १५ मा गोले कुन्जेडा, १६ मा भागिराम चौधरी र १७ मा दीपेन्द्र घर्तिमगरको नाममा सहमति जुटेको छ।
यी बाहेकका अन्य वडाहरूमा दुई वा दुई भन्दा धेरैको नाम वडा कमिटीले नगर कमिटीमा पठाएको छ ।
पाँच वडाहरूमा वडाध्यक्ष सहित दुई खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य पनि सर्वसम्मत गरिएको उनले बताए।