आइतबार, साउन ३१, २०८३

राजतन्त्रको एजेन्डा छोडेँ : अध्यक्ष थापा

(राप्रपा) नेपालले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफूले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन्। 

(राप्रपा) नेपालले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन्। 

राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले नयाँ पार्टी गठन गरेका थिए। नयाँ पार्टी गठनसँगै राजतन्त्र छाडेको उद्घोष गरेका थापाले अब आफ्नो दलले राजतन्त्रको वकालत गर्न छाडेको स्पष्ट गरेका हुन्। उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गरेर अघि बढ्दा मुलुकको हित हुने बताए।

उनले आफ्नो पार्टीले एमालेसँग मिलेर खुट्टा टेक्ने ठाउँ बनाउन खोजेको बताए। थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुस्मनी नभएको बताए।

प्रकाशित: Apr 16, 2022| 11:44 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...