आइतबार, साउन ३१, २०८३

गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्। 

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आज साँझसम्म खाका तयार भएर आइतबारसम्म गठबन्धनको टुंगो लागिसक्ने बताएका हुन्।

'सत्ता साझेदार दलका बीच स्थानीय तह निर्वाचनमा हुने गठबन्धनको विषय आइतबारसम्ममा टुंगिने छ। आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ,’ उनले भने।

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: Apr 16, 2022| 10:00 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...