काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए। सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा पठाइने पनि उनले बताए।
पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए।