बुधबार, जेठ ९, २०८१

मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- काठमाडौंबाट हेटौंडाको दूरी ८० किलोमटिर मात्र छ। छोटो दूरीमा पर्ने यी दुवै सहर राजधानी हुन्। हेटौंडा मकवानपुरको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो भने काठमाडौं संघीय राजधानी।

triton college

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ। २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमाले भर्सेस ‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी’को गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले हाबी हुँदै आएको मकवानपुरमा कांग्रेस, माओवादी, राप्रपा, संघीय समाजवादी पनि बलिया दल मानिन्छन्।

यस्तो छ आँकडा 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमध्ये ६ वटा पालिकामा नेकपा एमालेले बर्चस्व बनाएको थियो। हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको थियो।

यस्तै, नेपाली कांग्रेसले राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिका प्रमुखमा जितेको थियो भने माओवादी केन्द्रले थाहा नगरपालिका र बागमती गाउँपालिका जितेको थियो। हेटौंडामा एमाले र माओवादीले तालमेल गरेका थिए। २०४९ र २०५४ मा भएको स्थानीय निर्वाचनमा पनि हेटौंडामा एमाले विजयी भएको थियो। बहुदलीय प्रजातन्त्रपछि मकवानपुरमा एमाले हाबी हुँदै आएको बताउँछन् प्रल्हाद लामिछाने। मकवानपुरको राजनीतिलाई नजिकबाट बुझेका लामिछानेका अनुसार यो पटक एमालेका धेरै नेता, कार्यकर्ता एकीकृत समाजवादी प्रवेश गरेका कारण एमाले केही संकटमा छ। 

corrent noodles
Metro Mart
स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।

‘एमालेबाट नेता, कार्यकर्ता एकीकृत समाजवादीमा जाँदा एमालेलाई पक्कै प्रभाव परेको छ,’ लामिछाने भन्छन्, ‘यद्यपि वडा तहसम्म संगठन भएको एमाले र तीन दलीय गठबन्धनको भिडन्त हुने निश्चित छ। राप्रपा र अन्य साना दलले पनि केही पालिकामा मत विभाजन गर्ने देखिन्छ।’

जिल्ला सदरमुकामसमेत रहेको हेटौंडामा २०७४ मा एमालेले माओवादीसँगको तालमेलबाट झिनो मतअन्तरले मात्र जितेको थियो। एमालेका हरिबहादुर महत २३ हजार १२४ ल्याएर मेयरमा विजयी हुँदा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत प्राप्त गरेका थिए। उपमेयरमा एमालेकी मिनाकुमारी लामाले ३२ हजार ४३७ मत ल्याउँदा एमालेले सघाएका माओवादीका बलराम थापाले १७ हजार ११ मत प्राप्त गरेका थिए। उपमेयरको मत राप्रपा र नयाँ शक्ति पार्टीले काटेका थिए। 

मकवानपुरको दशवटा स्थानीय तहमा २०७४ को निर्वाचनको परिणाम र त्यसयताको यस्तो छः

१. हेटौंडा उपमहानगरपालिकाः मेयर, उपमेर दुवैमा एमाले विजयी। हेटौंडा बजारमा एमाले र कांग्रेसको शक्ति बराबरीको अवस्थामा। एकीकृत समाजवादीको प्रभाव बढ्दो।

२. थाहा नगरपालिकाः मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी। तुलनात्मक रुपमा माओवादी र एमाले र कम्युनिष्ट घटकहरू बलिया।

३. इन्द्रसरोबर गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा एमाले हाबी। कांग्रेस दोस्रो स्थानमा रहँदा माओवादीको न्यून प्रभाव। 

४. कैलाश गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा एमाले हाबी। एमालेको पकड क्षेत्र।

५. बकैया गाउँपालिकाः प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी। कांग्रेस एमाले बराबरी शक्तिमा रहेको अवस्था।

६. बागमती गाउँपालिकाः माओवादी प्रमुख र उपप्रमुखमा एमाले विजयी। माओवादीको संगठन बलियो भएको क्षेत्र।

७. भीमफेदी गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा एमाले। एमालेसँग माओवादीको मुख्य प्रतिस्पर्धा हुने ठाउँ। एकीकृत समाजवादीको बलियो संगठन भएको।

८. मकवानपुरगढी गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा एमाले हाबी। 

९. मनहरि गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा एमाले हाबी। राप्रपा चौथो शक्ति तथा राप्रपाको पकड क्षेत्र।

१०. राक्सिराङ गाउँपालिकाः प्रमुख, उपप्रमुख दुवैमा कांग्रेस विजयी। नेपाली कांग्रेसको पकड क्षेत्र।

कस्तो बन्दैछ समीकरण?

चैत ३० गते एमालेले राप्रपा नेपालसँग तालमेल गरेर जाने निर्णय गर्यो। सोहीअनुसार हेटौंडामा बलियो मानिएको कमल थापा नेतृत्वको राप्रपा नेपाल एमालेसँग मिलेर गठबन्धनविरुद्ध भिड्ने भयो। तर कमल थापाकै गृहनगर हेटौंडामा राप्रपा नेपालभन्दा राजेन्द्र लिङ्देनको राप्रपा बलियो रहेको जानकारहरु बताउँछन्। अधिकांश जिल्ला तहका नेता लिङ्देन समूहमा भएका कारण राप्रपा नेपाललाई बलियो उम्मेदवार खडा गर्न हम्मेहम्मे छ। जिल्लाका सबै तहमा राप्रपा नेपालले एमालेलाई साथ दिनेछ। एमाले पनि केही स्थानमा उपप्रमुख र वडाध्यक्षमा राप्रपा नेपाललाई सघाउने अवस्था छ।

यद्यपि जिल्लाका अन्य सबै शक्तिसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँछन् जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ। ‘एमालेबाट फुटेर गएकाहरूको जनमत जफत हुने अवस्था आउँछ। कांग्रेस, माओवादी, राप्रपा सबै एक भए पनि हामीलाई फरक पर्दैन,’ अध्यक्ष श्रेष्ठले नेपाल समयसँग भने।

यता सांसद एवं मन्त्री विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, श्रीधर पोखरेललगायत नेताहरू रहेको नेकपा एकीकृत समाजवादीले मकवानपुरलाई विशेष प्राथमिकतामा राखेको छ। एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष मिना लामाका अनुसार नेपाली कांग्रेस र माओवादीसँग पालिका भागबण्डा गर्ने काम अन्तिम चरणमा पुगेको छ। ‘हामीले दशमध्ये आधा पालिकामा आफ्नो दाबी गरेका छौं,’ लामाले नेपाल समयसँग भनिन्, ‘अर्को निर्वाचनसम्म पनि मिलेर जानुपर्ने भएकाले हामी केही लचिलो भएका छौं। तर आफू बलियो भएको स्थानमा हामी पछि हट्दैनौं। यो कुरा कांग्रेस र माओवादीलाई भनिसकेका छौं।’

जिल्लाका अन्य सबै शक्तिसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँछन् जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ। ‘एमालेबाट फुटेर गएकाहरूको जनमत जफत हुने अवस्था आउँछ। कांग्रेस, माओवादी, राप्रपा सबै एक भए पनि हामीलाई फरक पर्दैन,’ अध्यक्ष श्रेष्ठले नेपाल समयसँग भने।

गठबन्धनमा अहिले जुन क्षेत्रमा जसले जितेको थियो, त्यहाँ त्यही पार्टीलाई प्रमुखको टिकट दिने तयारी भइरहेको छ। एमालेसँग हारेको स्थानमा भने बढी मत ल्याएको दललाई टिकट दिने छलफल चलिरहेको मकवानपुर कांग्रेसका एक नेता बताउँछन्। उनका अनुसार तुलनात्मक रुपमा कांग्रेस बलियो भएकाले उसले पाँचदेखि छवटा पालिका दाबी गरिरहेको छ।

चैत अन्तिम साता कांग्रेस सभापति बुद्ध लामाको संयोजकत्वमा गठबन्धनका दलको सचिवालय बनाइसकेको छ। पाँच सदस्यीय सचिवालयमा नेकपा माओवादी केन्द्रबाट सर्केश घलान, एकीकृत समाजवादीबाट श्रीधर पोखरेल, जनता समाजवादी पार्टीबाट सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका नीरबहादुर स्याङ्तान रहेका छन्।

बाम शक्ति र कांग्रेसको भिडन्त हुने ठाउँ हो मकवानपुर

ऋषिराम पोखरेल, अध्यापक एवं राजनीतिक विश्लेषक

मकवानपुरको राजनीति हेर्दा सुरुदेखि नै यहाँ बाम राजनीतिको पकड रहँदै आएको थियो। पञ्चायतकालमा पनि तत्कालीन माले, मसालजस्ता पार्टी यहाँ सक्रिय थिए। विद्रोही नेता रुपचन्द्र विष्टको गतिविधिले पनि यहाँको बाम राजनीति बलियो हुँदै गयो। जनयुद्धले गर्दा माओवादी पनि यहाँको राजनीतिमा उदायो। 

अर्कोतिर कमल थापा यहीँको भएका कारण राप्रपा र राजावादी पनि हेटौंडा बजार वरपर उदाए। हेटौंडालाई उनीहरूले पञ्चायतकालदेखि नै आफ्नो पकड क्षेत्र मान्दै आएका छन्। यसरी हेर्दा क्रमशः एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपा नै मकवानपुरका ठूला पार्टी हुन्। गणतन्त्रअघि एमाले र कांग्रेसबीच भीडन्त हुन्थ्यो।

अहिले पनि अवस्था उही छ तर कम्युनिष्ट पार्टी फुटेकाले एमालेले माओवादी र एकीकृत समाजवादीसँग भिड्नुपर्ने अवस्था आयो। स्वभाविक रुपमा गठबन्धन मिलेर जाँदा एमालेलाई निकै गाह्रो पर्छ। साना शक्ति र प्रभावशाली उमेदवारहरूलाई एमालेले हात लिन सक्यो भने उसको पनि जित निश्चित छ। यसपटकको स्थानीय निर्वाचनले मकवानपुरको राजनीतिलाई नयाँ आकार दिन सक्ने सम्भावन पनि उत्तिकै छ।

प्रकाशित: Apr 15, 2022| 17:38 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...