आइतबार, साउन ३१, २०८३

ललितपुरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरिएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरिएको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम मेयरका लागि सिफारिस गरेको हो।

सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको छ। प्रदेशले नाम केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ।

ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहोर्‍याउने इच्छा देखाएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

प्रकाशित: Apr 15, 2022| 09:21 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...