काठमाडौं- नेकपा एमाले महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको बताएका छन्। एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणी भइरहेको समयमा पोखरेलको उक्त टिप्पणी आएको हो।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गरेका छन्।
उनले निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा(एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु भएको दाबी गरेका छन्।