आइतबार, साउन ३१, २०८३

काठमाडौंको मेयरका लागि एमालेले सिफारिस गर्‍यो ५ नाम, को-को परे?

एमाले नेता कृष्ण राईका अनुसार मेयरका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्यसमेत सिफारिसमा परेका छन्। यस्तै पूर्वमन्त्री रामवीर मानन्धर पनि काठमाडौं मेयरमा सिफारिस भएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारका लागि नाम सिफारिस हो। 

एमाले नेता कृष्ण राईका अनुसार मेयरका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्यसमेत सिफारिसमा परेका छन्। यस्तै पूर्वमन्त्री रामवीर मानन्धर पनि काठमाडौं मेयरमा सिफारिस भएका छन्। 

यस्तै निर्मल देउला र इन्दिरा पन्तसमेत सिफारिसमा परेको राईले जानकारी दिए। पाँचमध्ये एक जनालाई एमालेले मेयरको उम्मेदवार तोक्न सक्छ। 

उपमेयरका लागि पनि ५ जना सिफारिसमा परेका छन्। शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेलाई उपमेयरका लागि सिफारिस गरिएको छ।


प्रकाशित: Apr 14, 2022| 20:17 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...