आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा नेपाल र परिवार दलसँग एमालेको तालमेलप्रति रावलको असन्तुष्टि, उठाए प्रश्न

राप्रपा नेपाल र परिवार दलसँग एमालेको तालमेलप्रति रावलको असन्तुष्टि, उठाए प्रश्न

उनले सूर्यलाई व्यावसायकि बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलले पनि एमालेकै सूर्य चिह्नबाट चुनाव लड्ने तर एमाले नहुनुपर्ने गरी गरिएको तालमेलको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सूर्यलाई व्यावसायकि बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

रावलको प्रश्न छ, 'के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?'

आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलको असन्तुष्टि सामाजिक सञ्जालमा आएको हो। 

उनले तालमेलका लागि सहमति भएका दुवै दलसँग एमालेको सिद्धान्त विपरीत हुने समेत उल्लेख गरेका छन्। राप्रपा नेपाल हिन्दूवादी हो भने परिवार दल क्रिस्चियन धर्म प्रचारक हो। 

'विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,' एमाले नेतृत्वलाई ओलीको प्रश्न छ।


प्रकाशित: Apr 14, 2022| 18:22 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...