काठमाडौं- नेपालले आज नेदरल्यान्डसँग एक दिवसीय क्रिकेट यात्राको शुरूवात गर्दै छ । खेल नेपाली समय अनुसार पौने तीन बजेदेखि शुरु हुनेछ । यी दुई टोलि अहिलेसम्म पाँच पटक आमने समाने भएका छन् । जसमध्ये नेदरल्यान्डले तीन तथा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।
२०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २०१५ मा आइसीसी विश्व क्रिकेट लिगमा नेपाल २ विकेटले विजय भएको थियो । २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियसिपमा पहिलो खेलमा नेदरल्यान्ड ७ विकेटले विजयी हुदा दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।
पछिल्लो पटक २०१८ मार्चमा भएको विश्वकप छनोटमा नेपाल ४५ नले पराजित भएको थियो । यस्तो अवस्थामा नेपाल र नेदरल्यान्डबीचको खेल प्रतस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।
१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्का मारेको हो ।
एक दिवसीय खेल्ने नेपाली टोली
नेपाली टोली पारस खड्काको कप्तानीमा मैदान उत्रँदैछ । टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । त्यस्तै टोलीमा सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४