काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्रका इमान्दार नेतानेतृत्वको बन्दीमा परेको टिप्पणी गरेका छन्।
खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै बिहीबार प्रचण्डले एमालेभित्रका इमान्दार नेता नेतृत्वको बन्दीमा परेको बताएका हुन्। उनले त्यस्ता नेताको नेतृत्व पनि आफूले गर्ने दाबी गरेका छन्।
‘एमालेका सबै नेता खराब छन् भन्ने छैन। हामीले पनि हेमालेभित्र तीन वर्ष हेर्यौं। ८० प्रतिशतभन्दा बढी इमान्दार कम्युनिष्ट छन्। तर, उनीहरू नेतृत्वको चंगुलमा फसिरहेका छन्,' उनले भने। उनले त्यस्ता नेताहरूलाई एमालेको चंगुलबाट मुक्त गर्नुपर्ने बताएका छन्।
प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने दाबी गरे।