आइतबार, साउन ३१, २०८३

गठबन्धन हितकर छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन पार्टीका लागि हितकर नभएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन पार्टीका लागि हितकर नभएको टिप्पणी गरेका छन्। अहिलेको गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको उनले बताएका हुन्।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि यो हितकर नभए पनि आफूले पार्टीको निर्णय मानेको बताएका थिए। उनले यस विषयमा बहसको खाचो रहेको समेत औंल्याएका छन्।

'संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन। गठबन्धनले कांग्रेसलाई मात्र नभएर अन्य दललाई पनि राम्रो गर्ने छैन,' उनले भने।

महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन्। उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए।

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा केन्द्रले हस्तक्षेप गर्न नुहुने धारणा राखेका थिए। 

प्रकाशित: Apr 14, 2022| 11:14 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...