काठमाडौं- नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका सहित सबै स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको छ।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले कुनै पनि स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको हो।
जिल्लाका प्रमुख नेताहरूको समेत उपस्थितीमा बसेको जिल्ला कार्यसमितिको बैठकले वीरगन्ज महानगरपालिका, तीन वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटै पालिकामा नेपाली कांग्रेसले अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको बताइएको छ।
यससँगै कांग्रेस जिल्ला कार्यसमितिको बैठकले सबै स्थानीय तहका सबै पदमा उम्मेदवारी दिने पनि निर्णय गरेको छ।