आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ वर्षमा ओलीले शुभकामना सन्देश- स्वार्थी समूहबाट सचेत रहनु होला

नयाँ वर्षमा ओलीले शुभकामना सन्देश- स्वार्थी समूहबाट सचेत रहनु होला

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिएका छन्। 

उनले शुभकामना सन्देशमा यो वर्षमा देशको भविष्य निर्धारण गर्ने जनमत संग्रह हुने भएकाले सचेत भएर निर्णय गर्न आग्रह गरेका छन्। 

‘गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन। केही अवान्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो,’ उनले भने। 

नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन उनको आग्रह छ।

उनले सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको कामनासमेत गरेका छन्।

प्रकाशित: Apr 14, 2022| 08:01 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...