काठमाडौं- नेपाली कांग्रेसले आगामी स्थानीय तहको चुनावमा हुने लागेको तालमेलको टुंगो वैशाख ३ भित्र लगाइसक्न निर्देशन जारी गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले यस्तो निर्देशन जारी गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
महानगर र उपमहानगरका हकमा तालमेलको टुंगो केन्द्रले नै लगाउने सहमति सत्ता गठबन्धनका दलभित्र भइसकेको छ। तर अन्य तहका हकमा भने पार्टीको सम्बन्धि संयन्त्रले टुंगो लगाउने बताइएको छ।