आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आचारसंहिताको बचाउ गर्दै भ्याकेट लिएर सर्वोच्च पुग्यो निर्वाचन आयोग

आचारसंहिताको बचाउ गर्दै भ्याकेट लिएर सर्वोच्च पुग्यो निर्वाचन आयोग

जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तिरम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोग पुनः सर्वोच्च पुगेको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तिरम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोग पुनः सर्वोच्च पुगेको छ। आयोगले बुधबार महान्यायाधिवक्ताको कार्यालयमार्फत् भ्याकेट निवेदन दर्ता गराएको हो। 

निर्वाचनमा सरकारी खर्चको दुरुपयोग नहोस् र पदको लाभ लिएर जनप्रतिनिधिहरुले निर्वाचन प्रभावित नपारून् भनेर आचारसंहितामा पदमा बहाल व्यक्त पुनः उम्मेदवार बन्नुपर्ने खण्डमा राजीनामाको व्यवस्था राखिएको आयोगले दाबी गरेको छ। 

यसअघि सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगले जारी गरेको आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए। शेर्पाले चैत ७ गते आयोगको विपक्षी बनाएर आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा सर्वोच्चले चैत ८ गते अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले उक्त आचार संहिता रोक्न आदेश गरेको थियो।

उता अध्यक्ष शेर्पाले दायर गरेको रिट निवेदनका विषयमा छलफलमा गर्न वैशाख ४ गते दुवै पक्षलाई छलफल गर्नका लागि समेत सर्वोच्चले बोलाएको छ।

प्रकाशित: Apr 13, 2022| 18:18 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...