आइतबार, साउन ३१, २०८३

लैनचौर दूतावासमा भोज खाए देउवा, प्रचण्ड र नेपालले

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वदेश फर्कनुअघि 'बिदाई भोज' कार्यक्रम आयोजना गरेका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वदेश फर्कनुअघि 'बिदाई भोज कार्यक्रम' आयोजना गरेका छन्। लैनचौरस्थित भारतीय राजदूत निवासमा आयोजित 'बिदाई कार्यक्रम'मा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष  नेताहरू सहभागी भएका छन्।

कार्यक्रम सकेर प्रधानमन्त्री देउवा बालुवाटार फर्किएका छन्। झन्डै एक घण्टा देउवा कार्यक्रममा बसेका थिए। 

राजदूत क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि यसै साता नयाँदिल्ली फर्किँदै छन्। राजदूतबाट बिदाइ हुन लागेपछि उनले कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई र नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पनि दूतावास पुगेका थिए। यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विभिन्न मुलुकका राजदूतहरू सहभागी थिए।

प्रकाशित: Apr 12, 2022| 22:25 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...