आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रमुख निर्वाचन आयुक्तले भने - निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो अब रोकिन्‍न

प्रमुख निर्वाचन आयुक्तले भने - निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो अब रोकिन्‍न

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले अब नरोकिने बताए।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

मोरङ- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताएका छन्। 

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले अब नरोकिने बताए। 

उनले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्‍न हुनेसमेत प्रष्ट पारे।

उनले संघीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने बताए। प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निष्तेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरी नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजित हुने धारणा राखे। 

प्रकाशित: Apr 12, 2022| 20:55 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...