आइतबार, साउन ३१, २०८३

सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र उम्मेदवार चयन गरिसक्ने

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- सत्तारुढ  गठबन्धनले वैशाख ४ गतेभित्र चुनावी तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ। 

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो। 

बैठकले सबै पार्टीका स्थानीय तहका संरचनालाई वैशाख ४ गतेभित्र तालमेल र निर्देशन दिने निर्णय भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।

सिटौलाका अनुसार स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट अध्ययन गर्ने र  तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने निर्णय बैठकले गरेको छ। यद्यपी बैठक जारी नै छ।

प्रकाशित: Apr 12, 2022| 19:30 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...