काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासले विज्ञप्ति जारी गर्दै सेना परिचालनको स्वीकृति प्रदान गरिएको उल्लेख छ।
राष्ट्रपति भण्डारीले सुरक्षा परिषद्ले गरेको निर्णय अनुसार सिफारिस प्राप्त भएको उल्लेख गर्दै सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन्।