आइतबार, साउन ३१, २०८३

चुनावी तालमेलको मोडालिटी बनाउन सत्तारुढ गठबन्धनको बैठक सुरु

स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुका सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुका सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो। 

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने स्थानीय कमिटीलाई अपील गरेको एक दिनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको हो। 

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित सहभागी छन्। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरु पनि सहभागी छन्। 

यसअघि सत्तारुढ गठबन्धनबीच ६ वटा महानगरका विषयमा छलफल गरेको थियो। जसमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेस, चितवनमा माओवादी केन्द्र, पोखरामा एकीकृत जनता समाजवादी र विरगन्ज महानगरमा जनता समाजवादीका उम्मेदवारहरु उठाउने सहमति भएको बताइएको थियो। तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने छलफल भए पनि औपचारिक टुंगो लाग्‍न बाँकी रहेको बताएका थिए। 

प्रकाशित: Apr 12, 2022| 18:18 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...