आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तालमेल संकट : भरतपुरको मेयर कांग्रेसको भागमा नपरे विद्रोह गर्ने वडा सभापतिहरूको निर्णय

तालमेल संकट : भरतपुरको मेयर कांग्रेसको भागमा नपरे विद्रोह गर्ने वडा सभापतिहरूको निर्णय

चितवनको भरतपुर महानगरपालिकास्थित नेपाली कांग्रेसका वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले नै पाउनुपर्ने निर्णय गरेका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकास्थित नेपाली कांग्रेसका वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले नै पाउनुपर्ने निर्णय गरेका छन्। पार्टीको जिल्ला कार्यालयमा मंगलबार बसेको २५ जना वडा सभापतिको बैठकले यस्तो निर्णय लिएको हो। 

बैठकले भरतपुरको मेयर कांग्रेसले नै पाउनुपर्ने निर्णय गर्दै यदि नपाएमा विद्रोह गर्ने चेतावनी दिएको छ। भरतपुरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए नमान्ने उनीहरुको भनाइ छ। त्यसो गरिए हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिने उनीहरुले चेतावनी दिएका छन्। 

वडा सभापतिहरूले बैठकको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन्। बैठकमा भरतपुरका २९ वडामध्ये २५ वडाका सभापति सहभागी थिए।


प्रकाशित: Apr 12, 2022| 17:42 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...