आइतबार, साउन ३१, २०८३

गठबन्धन गर्दा महिला उम्मेदवार अनिवार्य नहुने

गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ। 

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको जनाएको छ।

यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनेर निर्देशन दिएको थियो।

तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुले आयोगको सो निर्देशन ऐनविपरीत भएको भन्दै एकै दलको उम्मेदवारमा मात्र लैंगिक समावेशी हुनुपर्ने जिकिर गरेका थिए। आयोगले भने गठबन्धनका कारण महिलाको प्रतिनिधित्व कम हुने भन्दै सो व्यवस्था गरेको थियो।




प्रकाशित: Apr 12, 2022| 16:27 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...