आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सकियो 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियान, प्रवक्ता भन्छन्- तालमेल जटिल छ

सकियो 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियान, प्रवक्ता भन्छन्- तालमेल जटिल छ

यो अवधिमा कांग्रेस सबै पालिका र ६ हजार ७४३ वडामा पुगेको उनको दाबी छ। उनले १० हजार टोल समिति विस्तार गरिएको दाबी गरे।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसले एक महिनासम्म सञ्चालन गरेको 'घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ' अभियान सफल भएको बताएको छ। फागुन २९ देखि सुरु भएको अभियानमार्फत् कांग्रेस सबै जनताका घरघरमा पुगेको र उनीहरूका चासो, गुनासो र सरोकारका विषयमा धारणा लिने काम भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 

यो अवधिमा कांग्रेस सबै पालिका र ६ हजार ७४३ वडामा पुगेको उनको दाबी छ। उनले १० हजार टोल समिति विस्तार गरिएको दाबी गरे।

कांग्रेसले विभिन्न ८ उद्देश्य राखेर अभियान सुरु गरेको थियो। टोल समिति विस्तार गर्ने, पार्टीलाई एकताबद्ध गर्ने, पार्टीका नेतालाई जिम्मेवारी दिने, कांग्रेसका कामबारे बुझाउने, ओलीकालको भण्डाफोर, सरकारमा जानुपर्ने अवस्था, एमसीसीको भ्रम चिर्नेलगायतका काग्रेसका उद्देश्य थिए। यी उद्देश्य पूरा भएको उनको दाबी छ।

उनले सत्तारुढ दलबीचको तालमेल जटिल भएको समेत बताए। 'तालमेलको विषय जटिल छ। तल्लो तहको निर्वाचन हुने भएकाले यसका लागि केही समय लाग्छ,' प्रवक्ता महतले थपे, 'तालमेलको विषय पनि चाँडै जानकारी गराउनेछौँ। परिस्थिति र आवश्यकता अुनसार तालमेल गर्ने कांग्रेसले गरिसकेको छ।'

कांग्रेस सरकारले खोपलाई व्यापक बनाएको उनको दाबी छ। हालसम्म करिब ७६ प्रतिशत नागरिकलाई लाई पूर्ण खोप लगाइएको समेत उनले दाबी गरे। 

यस्तो छ कांग्रेसको विज्ञप्ति

प्रकाशित: Apr 12, 2022| 15:36 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...