बिहीबार, चैत १२, २०८२

ऐतिहासिक एक दिवशीय क्रिकेट खेल्दै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडाैं- नेपालले बुधबार नेदरल्याण्डसँग पहिलो ऐतिहासिक एक दिवशीय क्रिकेट खेल्दैछ । एक दिवशीय मान्यता पाएपछि नेपालले पहिलो पटक नेदरल्याण्डसँग एक दिवशीय क्रिकेट खेल्न लागेको हो । 

नेदरल्याण्डको मैदानमा हुने यस खेलसँगै नेपालले आफ्नो एक दिवशीय क्रिकेट यात्राको शुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । नेपाली टोलीले यसअघि इंग्ल्याण्डका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो । 

त्यस्तै लन्डनकोे लर्डस्मा त्रिकोणात्मक ट्वेण्टी ट्वेण्टी शृंखला खेलेको थियो । जसमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ९ विकेटले जित हात पारेको थियो भने नेदरल्याण्ड्ससँगको खेलमा बर्षका कारण खेल रोकिए पछि दुबै टोलीले एक-एक अंक बाँडेका थिए ।

नेपाली टोलीका कप्तान पारस खड्काले पहिलो अन्तराष्ट्रिय एकदिवशीय खेलका लागि पूरै टिम उत्साहित भएको प्रतिक्रिया दिएका छन् । गत फेब्रअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले पहिलो एक दिवशीय खेल खेल्दैछ । नेपालले दुई खेलको सिरिज बुधबार र शुक्रबार खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।