आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वैशाख ५ भित्र उम्मेदवार चयन गरिसक्न प्रदेश समितिलाई माओवादी केन्द्रको सर्कुलर

वैशाख ५ भित्र उम्मेदवार चयन गरिसक्न प्रदेश समितिलाई माओवादी केन्द्रको सर्कुलर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न देशभरका प्रदेश समितिलाई परिपत्र गरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न देशभरका प्रदेश समितिलाई परिपत्र गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश समितिहरुलाई वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न ६ बुँदे परिपत्र पठाएका हुन्। 

परिपत्रमा स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ। माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ। सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ।

माओवादीले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने भन्दै हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न भनेको छ।


प्रकाशित: Apr 12, 2022| 12:01 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...