आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ६ महानगरको भागवण्डा : भरतपुर माओवादीको भागमा पर्दा पोखरा एकीकृत समाजवादीको पोल्टामा

६ महानगरको भागवण्डा : भरतपुर माओवादीको भागमा पर्दा पोखरा एकीकृत समाजवादीको पोल्टामा

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। त्यसका लागि मंगलबार अपराह्न गठबन्धनको बैठक बस्दैछ। 

तर, गठबन्धनको बैठकअघि नै ६ वटा महानगरपालिका भागवण्डाको करिब अन्तिम टुंगो लागिसकेको बताइएको छ। स्रोतका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा जहाँ जसले जितेको थियो, उसैलाई छाड्ने सहमति गठबन्धनमा जुटिसकेको छ। त्यसरी भाबण्डा गर्दा भरतपुर महानगरपालिका पुनः माओवादीकै भागमा पर्ने भएको छ। वीरगन्ज महानगरपालिका जनता समाजवादीको भागमा परेको छ भने ललितपुर महानगरपालिका कांग्रेसको भागमा पर्नेछ।

विराटनगर महानगरपालिकामा पनि यसअघि कांग्रेसले जितेको थियो। तर, विराटनगरमा जसपाले भने गरिरहेको स्रोतको दाबी छ। ०७४ सालमा एमालेले जितेको काठमाडौं महागनरपालिका कांग्रेसले लिने र पोखरा एकीकृत समाजवादीलाई दिने तयारी भएको गठबन्धनका एक नेताले जानकारी दिए।  

‘भरतपुरमा कांग्रेसको विरोधका बाबजुद पनि माओवादीले नै पाउने निश्चित प्रायः छ। विराटनगरमा कांग्रेसले जितेको हो। तर, जसपाले पनि दाबी गरिरहेको छ। यद्ययि अघिल्लो चुनावको परिणामलाई आधार बनाएर भागवण्डा गर्ने हो भने विराटनगर कांग्रेसले नै पाउनेछ,’ ती नेताले भने, ‘काठमाडौं कांग्रेसले राखेर पोखरामा एकीकृत समाजवादीलाई दिने तयारी भएको छ। यद्यपि चार बजेको बैठकले अन्तिम टुंगो लगाउनेछ।’

प्रकाशित: Apr 12, 2022| 11:29 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...