काठमाडौं- स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।
सोमबार गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ। गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ।
तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ। यद्यपि, कतिपय स्थानीय तह, जिल्लामा गबठन्धन हुन नहुने आवाज पनि उठिरहेको छ।