आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्घाखाँचीमा एमालेले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवार टुंग्यायो 

अर्घाखाँचीमा एमालेले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवार टुंग्यायो 

पालिकास्तरीय बैठकले अर्घाखाँचीकाम शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। पालिकास्तरीय बैठकले अर्घाखाँचीकाम शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए।

थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट भूमिकास्थानको प्रमुखमा विजयी भएका थिए। तर, उनी केहि साताअघि मात्रै एमाले प्रवेश गरेका हुन्।  शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीलाई सिफारिस गरिएको एमालेले जनाएको छ। 

पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए।

उपाध्यक्षको नाममा भने विवाद छ। छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लाग्ने एमाले अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: Apr 12, 2022| 08:20 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...