आइतबार, साउन ३१, २०८३

घोषणापत्रबारे सुझाव लिन कांग्रेस ल्यायो 'टोल-फ्री' सेवा

जनस्तरबाटै सुझाव लिन यस्तो व्यवस्था गरिएको कांग्रेस केन्द्रीय सदस्य किरण गिरिले जानकारी दिए। कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र तयारीका लागि समिति गठन गरेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको स्थानीय निर्वाचनको घोषणा पत्र बनाउनका लागि सुझाव लिन टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ। यसका साथै, भाइबर र एपसमेत सञ्चालनमा ल्याइएको कांग्रेसले जानकारी दिएको छ। 

जनस्तरबाटै सुझाव लिन यस्तो व्यवस्था गरिएको कांग्रेस केन्द्रीय सदस्य किरण गिरिले जानकारी दिए। कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र तयारीका लागि समिति गठन गरेको छ। 

समितिले १६६००११५८८८ नम्बरको टोल फ्री र मोबाइल नम्बर ९८५१३४२५५५ मा भाइबर र ह्वाट्सएपमार्फत सुझाव दिन आह्वान गरेको छ। फेसबुकबाट समेत कांग्रेसले सुझाव लिने भएको छ। 

प्रकाशित: Apr 11, 2022| 21:30 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...