काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा अष्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। प्रमाणपत्र बुझाउनेमा अस्ट्रियाका क्याथरिना विजर, हंगेरीका आन्द्रेस लाज्लो किराली, अर्जेन्टिनाका ह्युगो हाभियर गोबी, क्यानडाका क्यामरुन डीन म्याके र डोमिनिकनका डेभिड पुइग छन्।
उनीहरू सबै भारतका लागि सम्बन्धित देशका आवसीय राजदूत हुन्। उनीहरु नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्ने जिम्मा पाएका छन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।