काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट २५ जना आकांक्षी देखिएका छन्।
भरतपुर महानगर समितिले आइतबार र सोमबार महानगरको प्रमुख र उपप्रमुखमा आकांक्षा राखेकाहरुलाई निवेदन दिन भनेको थियो। दुई दिनको अवधिमा २५ जनाले मेयरमा औपचारिक दाबी गरेको समितिले जनाएको छ।
भरतपुरको मेयरका लागि २०७४ सालमा टिकट पाएर पनि खोसिएका केन्द्रीय सदस्य निदेश कोइरालाले समेत निवेदन दिएका छन्। यस्तै अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पनि मेयरका आकांक्षा देखाएका छन्।
बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले पनि मेयरका लागि निवेदन दिएका छन्। यस्तै निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्व सभापति भरत अधिकारी, पूर्व जिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरीले पनि मेयरमा आकांक्षा देखाएका छन्।
यसैगरी नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले समेत मेयर बन्न निवेदन दिएका छन्।
उपमेयरमा भने २४ जनाले आकांक्षा देखाएका छन्। उपमेयरका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले पनि आकांक्षा देखाएका छन्।