आइतबार, साउन ३१, २०८३

चुनावी खर्चबारे शशांकसँग आयोगले माग्यो जवाफ

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन लड्न ६ करोड खर्च भएको अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– २०७४ सालको प्रतिनिधिसभा निर्वाचन लड्न ६ करोड खर्च भएको अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ। 

आयोगले कोइरालालाई सात दिन भित्र जवाफ दिन भनेको हो। कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाउँदै भनेका थिए, ‘पहिलो संविधानसभा निर्वाचनमा ८० हजार खर्च भएको थियो। दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भयो। नवलपरासीबाट कसैले चुनाव लड्न सक्छ? सक्ने हो भने म छाड्न तयार छु।’

सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए। कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको पौडेलको भनाइ छ। पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो।

कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए।

प्रकाशित: Apr 11, 2022| 16:42 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...