बिहीबार, चैत १२, २०८२

एपिएफलाई उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उपाधि विभागिय टाली एपिएफले उचालेको छ। फाइनल खेलमा एपिएफले अर्को विभागीय टाली नेपाल आर्मी क्लबलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा जित किाल्दै एपिएफले १२ अंक जोड्यो। एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। सुस्त शुरुवात भएपनि सावित्राले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। 

पहिलो हाफमा १-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो। आर्मीका लागि पुनम जर्घा मगरले ४९ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। तर, गोल मेसिनका रुपमा परिचित सावित्राले ५४ औं मिनेटमा अर्को गोल गर्दै एपिएफलाई पुनः २-१ को अग्रता दिलाइन्। खेलको ८२ औं मिनेटमा सावित्राले ह्याट्रिक गोल गर्दै एपिएफलाई ३-१ को जित दिलाइन् । उनको यो लि गमा तेस्रो ह्याट्रिक हो। 

तीन ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो गोल सङ्ख्या १२ पुर्‍याइन। सावित्राले यसअघि रौतहटविरुद्ध ४ गोल र काठमाडौंविरुद्ध ५ गोल गरेकी थिइन् । च्याम्पियन बनेसँगै एपिएफले २ लाख रुपैया प्राप्त गर्दा उपविजेता बनेको आर्मीले १ लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैया प्राप्त गर्‍यो। 

पुलिसले लिगको अन्तिम खेलमा काठमाडौंमाथि ९-० को फराकिलो जित निकाल्न सफल भएको थियो। तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको लिग गत साउन ७ गतेबाट शुरु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।