काठमाडौं– आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा देशभर तालमेल गर्न सत्तारुढ पाँच दलका शीर्ष नेताले अपिल गरेका छन्।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो अपिल जारी गरेको हो।
अपिलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
यस्तो छ अपिल