काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनसँग कुनै योजना नै नभएको बताएका छन्।
मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको उनको जिकिर छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेले उठाएको उल्लेख दाबी गरेका छन्।
‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘तर‚ मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो। तर पनि स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना– पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’