आइतबार, साउन ३१, २०८३

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै, यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री डा. नारायण खड्का भारत भ्रमणमा जाने भएका छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको एक महिनाभित्रै परराष्ट्रमन्त्री खड्का पनि भारत भ्रमणमा जान लागेका हुन्।

खड्को भारत भ्रमण औपचारिक भने होइन। उनी अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न त्यसतर्फ जाने भएका हुन्।

परराष्ट्रमन्त्री खड्का ११ वैशाखमा भारत जाने गरी परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ। 

भारतको चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजना हुने रायसिना डायलग नामक बहस शृंखलामा सहभागी हुन मन्त्री खड्का भारत जाने छन्। 

खड्कालाई तीन साताअघि भारतीय विदेश मन्त्रालयका तर्फबाट रायसिना डायलगमा सहभागी हुने निमन्त्रणा आइसकेको छ। रायसिना डायलग वैशाख १२ देखि १४ सम्म नयाँदिल्लीमा आयोजना हुँदै छ। 

प्रकाशित: Apr 11, 2022| 07:48 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...