आइतबार, साउन ३१, २०८३

नेकपा एसको एक हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ। 

केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीसमेत रहने गरी कमिटी गठन गरेको हो। बैठकले महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ। 

पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको पार्टीमा योगदान गरेकोलगायत मापदण्ड निर्धारण गरेको छ। सम्बन्धित तहले उम्मेदवार सिफारिस एवं निर्णय प्रक्रिया निर्धारण गर्ने व्यवस्था गरिएको छ। वडा कमिटीले यही चैत ३० गतेभित्र, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र उम्मेदवारको सिफारिस गर्नुपर्नेछ।

प्रकाशित: Apr 10, 2022| 21:26 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...