काठमाडौं- यो त्यो समय हो, जब हामी चर्चा गर्छौं की बर्षको उत्कृष्ट खेलाडी को बन्छ भनेर। फिफाले बर्षको सर्वश्रेष्ठ दश खेलाडीको नाम सार्वजनिक गरेको छ। तर, त्यो सर्वश्रेष्ठ खेलाडीको सूचिमा यस बर्ष नेयमारको नाम अट्न सकेन।
विश्वकप बर्ष भएरपनि होला यो आश्चार्यको विषय भएन। किनकी यस वर्ष विश्वकपमा अधिकांश खेलाडीको प्रदर्शन उत्कृष्ट थियो। सूचीमा नाम पर्ने खेलाडीका लागि यो खुशीको बिषय होला। तर, जसले क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् उनका लागि एक दुखको बिषय हो।
किनकी उनको ४३ खेलमा ५३ गोल गरेका थिए। नेयमार गत सिजन बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा विश्व रेकर्ड बनाउँदै पेरिस सेन्ट जर्मैन (पिएसजी) पुगेका थिए।
नेयमारले गत सिजनको लिगमा २० खेल खेल्दै १९ गोल गरेका थिए। उनले फिफा वर्ष उत्कृष्ट खेलाडी घोषित केलियन बाप्पे भन्दा गत सिजनको लिग-१ मा ६ गोल बढी गरेका थिए। उनले क्लब लिगमा १३ असिस्ट समेत गरेका थिए। बाप्पेले भने २७ खेलमा १३ गोल र ७ असिस्ट गरेका थिए। तर पनि नेयमार बर्षको उत्कृष्ट खेलाडीको सूचीमा परेनन्।
नेयमार र पिएसजीले घरेलु प्रतियोगिता तीनवटा जित्यो। उनको सक्रियतामा पिएसजीले कोपा डे फ्रान्स, कोपा डे ला लिग र लिग-१ जितेको थियो। फिफा वर्षको उत्कृष्ट खेलाडी पुरस्कार उसको बर्षको पुरै समिक्षाको परिणाम हो। फिफाले सूची तयार पार्दा खेलाडीको ३ जुलाई २०१७ देखि १५ जुलाई २०१८ सम्मको खेल उपलब्धीलाई हेरेको थियो ।
नेयमारले ३ जुलाई २०१७ देखि १५ जुलाई २०१८ को बीचमा देश र क्लबका लागि ४० खेलमा ३२ गोल र १८ असिस्ट गरे। उनले क्लबलाई तीन उपाधि दिलाउदा फ्रेन्च लिगमा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका थिए। पछिल्लो वर्ष उनको उपस्थिती अदभुत थियो। शायद केही यस वर्षका सर्वश्रेष्ठ खेलाडी भन्दा पनि राम्रो। मान्न सकिन्छ की उनले ब्राजिललाई सेमिफाइनलमा पुर्याउन सकेनन्। सायद त्यसैले उनी फिफा बर्षको उत्कृष्ट खेलाडीको सुचिमा परेनन्।
अधिकांश विश्वकप विश्लेषकहरुले विश्वकपमा उनको प्रदर्शन क्लबमा जस्तो नरहेको बताएका थिए। उनले ब्राजिलको विश्वकप लक्ष्यमा ५० प्रतिशत योगदान दिएका थिए र २३ मौका बनाएका थिए। जुन विश्वकपमा मौका बनाउने सबै भन्दा दोस्रो नम्बर हो।
यदि उनले ब्राजिललाई विश्वकपको सेमिफाइनल पुर्याउन सकेको भए सायद उनी उत्कृष्ट खेलाडीको सूचीमा पर्ने थिए। तर, यी उपलब्धिका साथ पनि नेयमार विश्वको सर्वश्रेष्ठ १० खेलाडीमा एक हुन सक्ने थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४